सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

मलद्धारमा लागुऔषध लुकाएर ल्याउने दुई युवक पक्राउ

विराटनगर-प्रहरीको आँखा छलेर भारतबाट मलद्धारमा लागुऔषध लुकाएर ल्याउनेलाई रानी इलाका प्रहरी कार्यालय विराटनगरको टोलीले पक्राउ गरेको छ ।

सीमावर्ती भारतीय बजार जोगबनीबाट सुनसरीको धरान उपमहानगरपालिका-१० का सुवास प्रधानले २० एम्पुल लागुऔषध मलद्वारमा लुकाएर ल्याएका थिए । उनीसँगै मोटरसाइकलमा बसेका २२ बर्षीय रेजी शेर्पाको साथबाट ९ एम्पुल लागुऔषध बरामद भएको रानी इप्रकाका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाले बताए ।

लागुऔषध लिएर मोटरसाइकलमा धरानतर्फ जान लागेका उनीहरुलाई प्रहरीले मंगलबार राती जाँच गर्दा पक्राउ गरेको हो । रेजीले बोकेको लागुऔषध बरामद भएपछि सोधपुछ गर्दा प्रधानले मलद्धारमा लुकाएर ल्याएको लागु औषधबारे रहस्य खुलेको रानाले बताए ।उनीहरुको साथबाट डाईजेल्याव ५ एम्पुल, लुपिजेसिक ११ एम्पुल, एभिल १३ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।नया पत्रिका समाचार छ l

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय