सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

मानव तस्करीको आरोप लागेर विवादमा परेकी अस्ट्रेलिया लागि नेपाली राजदूत लक्की शेर्पाले दिइन् राजीनामा

काठमाडौ, मानव तस्करीको आरोप लागेर विवादमा परेकी अस्ट्रेलिया लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् ।

शेर्पाले मंगलवार परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएकी हुन् । परराष्ट्र मन्त्रालयले गरेको छानबिनका आधारमा सरकारले शेर्पालाई राजीनामा दिन दबाब दिएको थियो ।

मानव वेचविखनमा संलग्न रहेको आरोप लागेकी राजदूत शेर्पाविरुद्ध सरकारले छानविन समिति बनाएर अनुसन्धान भइरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले राजदूत शेर्पालाई काठमाडौँ बोलाएर स्पष्टीकरण लिएको छ । उनका पूर्व सवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदूत दम्पति मानव वेचविखनमा संलग्न रहेको आरोप लगाएपछि लक्की शेर्पा विवादमा तानिएकी थिइन् ।

तर राजदूत शेर्पाले भने आफू विरुद्ध लगाइएको आरोप खण्डन गर्दै आएकी छिन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय