सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनीसँगको ठेक्का रद्द

काठमाडौं– सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनीसँगको ठेक्का रद्द गरेको छ ।आयोजनाले शुक्रबारसम्म ठेकेदार कम्पनीका प्रतिनिधि र कामदार नेपाल नफर्केको भन्दै ठेक्का रद्द गर्न आवश्यक प्रक्रिया सुरु गर्ने चेतावनीसहितको इमेल शुक्रबार बेलुका कम्पनीलाई पठाएको थियो ।
आयोजनाले सकेसम्म पुरानै कम्पनीबाट बाँकी काम सम्पन्न गर्ने मनसायले पटकपटक आग्रह गर्दा पनि उसले वेवास्ता गरेको जनाएको छ ।

आयोजनाका कार्यकारी निर्देशक कँडेलले आयोजनाको म्याद आगामी फेव्रुअरी १० सम्म मात्रै भएकाले अब सरकारले उसको धरौटी जफत र सरकार आफैंले आयोजनाको काम गर्नुपर्ने बताए । अहिलेसम्म ९७ प्रतिशत काम सकिएको छ । अव रिटेन्डर गर्दा पनि समय लाग्न सक्छ त्यसकारण सरकार आफैंले जिम्मा लिएर बनाउनुको विकल्प छैन’ कार्यकारी निर्देशक कँडेलले भने ।

सेक्युरिटी बापतको २ अर्व १६ करोड, ३८ करोड धरौटी ५५ करोड काम गरेको र दावी रकम पनि ठेकेदार कम्पनीले नपाउने भएको छ ।ठेक्का सम्झौता तोडिएसँगै अब खानेपानी मन्त्रालयले मेलम्चीको बाँकी काम सरकार आफैले गर्ने भनेर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने भएको छ । ‘सम्भवत आज बस्ने बैठकमा यो प्रस्ताव जान्छ’ खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले भने, ‘अब धेरै चिन्ता गर्नुपर्दैन सरकार आफैले आयोजनाको काम अघि बढाउछ ।

ठेकेदार कम्पनीका प्रमुख व्यवस्थापक क्रिस्टियानो ग्रेलगायतको २७ जनाको टोली अङ्ग्रेजी नयाँ वर्ष मनाउन भन्दै नेपाल छाडेर गएका थिए । यसअघि ठेकेदार कम्पनीका प्रतिनिधि आयोजनास्थल छाडेर काठमाडौं आएपछि उनीहरुलाई नियन्त्रणमा लिएर उनीहरूको राहदानी जफत गरेको थियो ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय