सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

रामबहादुर बमजनको आश्रममा छापा मारेर प्रहरीले गर्‍यो सिलबन्दी

 सिन्धुपाल्चोक- ‘लिटल बुद्ध’का नामले चिनिएका रामबहादुर बमजनको सिन्धुपाल्चोकस्थित आश्रममा छापा मारेर प्रहरीले सिलबन्दी गरेको छ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीका अनुसार जिल्लास्थित प्रहरी कार्यालय र प्रहरी मुख्यालय काठमाण्डूबाट आएका झन्डै ३० जना सम्मिलित प्रहरीको एउटा टोलीले सिन्धुपाल्चोकको बाडेगाउँस्थित आश्रममा अनुसन्धान गरिरहेका छन्।

आश्रममा गएका बमजनका अनुयायीहरू त्यहाँबाट नफर्किएको भन्ने विवरणसहित विभिन्न जिल्ला प्रहरी कार्यालयमा परेको मुद्दामा प्रहरीले छानबिन थालेको छ।प्रहरीले आश्रममा भइरहेको अनुसन्धान नसकिएसम्म उक्त क्षेत्र सिलबन्दी गरेर काम कारबाही अघि बढाइएको जानकारी दिएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय