सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

लगानीकर्तालाई फाइदा छैन कमजोर जलविद्युत् कम्पनीको आइपिओ

काठमाडौँ -गत  बिहीबारदेखि म्याग्दीमा आयोजनास्थल रहेको घलेम्दी हाइड्रोपावरले साधारण शेयर बिक्री गरेको छ । सो कम्पनीले रु १५ करोड ३३ लाख बराबरको १५ लाख ३३ हजार ७७० कित्ता साधारण शेयर बिक्री शुरु गरेको छ । सो कम्पनीको वित्तीय अवस्था कमजोर रहेको भन्दै इक्रा नेपालले ग्रेड पाँच दिएको छ । त्यो भनेको कम्पनीको वित्तीय अवस्था खराब छ भन्ने देखिन्छ ।

सो कम्पनीको शेयर खरीद गर्नेले चालू आर्थिक वर्षमा प्रतिशेयर आम्दानी चार रुपैयाँ ७७ पैसा मात्रै रहेको छ । यस्तै आगामी आवमा सो कम्पनीको शेयर खरीद गर्नेले प्रतिशेयर दुई रुपैयाँ ३२ पैसा मात्रै आम्दानी गर्नेछन् । सो आयोजनाको प्रति मेगावाट लागत रु २३ करोड छ ।

कम्पनीले पाँच मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । यो त एउटा उदाहरण मात्रै हो । चालू आवमा नेपाल धितोपत्र बोर्डले साधारण शेयर बिक्रीका लागि अनमुति दिएका अधिकांश जलविद्युत् कम्पनीको वित्तीय अवस्था कमजोर रहेको पाइएको छ । वित्तीय रुपमा कमजोर रहेका कम्पनीको शेयर खरीद गर्दा नाफा हुन्छ भनेर लगानी गरेका लगानीकर्तालाई भने त्यसले कुनै फाइदा दिँदैन ।

गत भदौमा कालिका पावर कम्पनीले रु १२ करोड बराबरको १२ लाख कित्ता साधारण शेयर बिक्री गर्यो सो कम्पनीको शेयर धितोपत्र बजारमा हाल प्रतिकित्ता रु १०० मा खरीद बिक्री भइरहेको छ ।

सो कम्पनीको वित्तीय अवस्था हेरेको इक्रा नेपालले वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै ग्रेड चार दिएको थियो । सो कम्पनीको शेयरमा लगानीकर्ता ओइरिए र लगानी गरे तर दोस्रो बजारमा शेयरको अवस्था दुरुहपूर्ण रहेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय