सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

विदेशी बैंकमा नेपालीले रकम राख्नु र लगानी गर्नु कानुनविपरीत सरकारले छानबिन गर्ने: प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सांसदहरूले सोधेका प्रश्नको जवाफ गोलमटोल रूपमा दिएका छन् । विदेशी बैंकमा नेपालका धनाढ्यहरूले अवैध रूपमा राखेको सम्पत्तिको विषयमा प्रधानमन्त्री ओलीले हल्लाको भरमा कसैलाई नलाग्न भन्दै सञ्चारमाध्यममा आएका सबै समाचार सत्य नहुने बताएका छन् । उनले त्यो कुरा सत्य भएको खण्डमा सरकारले नै छानबिन गरेर कानुनी कारबाही जानकारी दिए ।

डा. गोविन्द केसीका मागका सम्बन्धमा सांसद गगन थापाले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले चित्तबुझ्दो जवाफ दिएनन् । डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको अवस्थामा प्रधानमन्त्रीबाट माग सम्बोधनको अपेक्षा राखे पनि उनले ती मागप्रति खास ध्यान दिएनन् । बरु संसदीय सर्वोच्चताको कुरा गरेर उनी पन्छिन खोजे ।

संविधान संशोधनको विषयमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गरिने बताए । संविधान कुनै अपरिवर्तनीय धर्मशास्त्र नभएकाले जुनसुकै बेला संविधान संशोधन हुन सक्ने बताए । उनले संविधान संशोधनको विषयलाई ‘फेसन’ बनाइएको पनि आरोप लगाए ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय