सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

विद्यार्थीलाई मोबाइल : लाभसँगै हानि पनि

काठमाडौं – नयाँ नयाँ सुविधा भएका मोबाइलका नयाँ नयाँ मोडलले सूचना प्रविधिसँग एकाकार हुँदै गएका किशोर तथा युवालाई आकर्षित गर्ने नै भयो । त्यसमाथि बढ्दो इन्टरनेट पहुँचले पनि मोबाइलको प्रयोगमा विद्यार्थीको लगाव पढ्दै गएको छ । मोबाइलको प्रयोग विद्यार्थीका लागि कति लाभदायक तथा कति हानिकारक छ जान्न सके धेरैभन्दा धेरै लाभ लिई हानिबाट बच्न सजिलो हुन्छ ।

विद्यार्थीका लागि मोबाइलबाट हुने लाभ

१. आपत्कालीन अवस्थामा उपयोगी
मोबाइल फोन खासगरी आपत्कालीन उपयोगकै हिसाबले नै उत्पादन भएको साधन हो । विद्यार्थीसँग मोबाइल फोन हुने हो भने उनीहरूलाई आवश्यक परेका बेला जो कसैलाई सजिलै सम्पर्क गर्न सक्छन् । उदाहरणका लागि यदि कुनै विद्यार्थीलाई विद्यालय वा बाटोमा कुनै समस्या प¥यो भने तुरुन्त आफ्ना अभिभावकलाई सम्पर्क गर्न सक्छन् । त्यसैगरी आफू वा अरू कसैमाथि संकटको स्थिति आइपरे प्रहरी, अभिभावक वा अन्य सहयोगीलाई फोन गर्न सक्छन् ।

२. ज्ञान बढाउन सहयोगी
हाम्रा अभिभावक पुस्ताले आफ्नो ज्ञान शिक्षक, अभिभावक वा कुनै किताबबाट आर्जन गर्नुपथ्र्यो, जसको उपलब्धता सीमित हुन्थ्यो । तर मोबाइलको आविष्कार र त्यसमा ज्ञानवर्द्धक सामग्रीको विकासले अहिलेको पुस्तालाई यस मानेमा पनि धेरै सजिलो भएको छ । इन्टरनेटको प्रयोग गरी डाउनलोड गर्न सकिने ‘प्रोग्राम’को प्रत्येक तह पार गर्दा विद्यार्थी जानकार हुँदै जान्छन् । एउटा खल्तीमा अट्ने मोबाइल नै शब्दकोष र पुस्तकालय समान भएको छ ।

३. द्विविधा तुरुन्त समाधान
नेपालमा मोबाइल सर्वसाधारणको पहुँचमा आएको करीब १० वर्ष मात्रै भयो । त्यससँगै विस्तारै विद्यार्थीको पहुँचमा पुग्ने क्रम अघि बढिरहेको छ । अहिले मोबाइल प्रयोग गर्ने कतिपय विद्यार्थीले मोबाइलको पहुँच हुनुपूर्व आफूलाई द्विविधा लागेका कुनै विषयमा साथी तथा शिक्षकलाई सोध्नुप¥यो भने भेटिने समयसम्म कुर्नुपरेको अनुभव पनि होलान् । तर मोबाइलको पहुँचले द्विविधा लाग्नासाथ तत्काल फोन वा म्यासेजका माध्यमबाट समाधानको बाटो खुलेको छ । साथै कुनै महŒवपूर्ण कक्षा छुट्यो भने साथीलाई फोन गरेर जानकारी लिई भोलिको नयाँ पाठका लागि तयारी सहित जान सकिन्छ । यस्तै पाठ बुझिएन भने मोबाइल इन्टरनेटको प्रयोगबाट सहयोग लिन सकिन्छ ।

४. विश्व गतिविधिमा अपडेट
केही अघिसम्म पनि घरका पाका व्यक्तिले मात्र पत्रपत्रिका तथा रेडियो, टीभीबाट समाचार थाहा पाउँथे । मोबाइलको व्यापक प्रयोगसँगै समाचार संस्थाले पनि मोबाइल फ्रेन्ड्ली न्यूज पोर्टल बनाउन थाले । त्यसमा पनि २१ मार्च २०१५ मा गूगलले सबै वेबसाइट तथा ब्लगले मोबाइल फ्रेन्ड्ली डिजाइन गर्नुपर्ने नीति नै ल्यायो । समाचारका लागि पैसा खर्च गर्नु नपर्ने, कतै जानु नपर्ने, मन लागेजति मात्रै पढ्न पाइने, आफ्नो रुचिका समाचार एक क्लिकमा हेर्न पाइने जस्ता कारण न्यूज पोर्टलका पेजले विद्यार्थीको पनि लाइक पाउने क्रम बढ्दो छ ।

५. घर बाहिर बसेर पढ्ने सुविधा
कतिपय विद्याथी विद्यालय शिक्षा तथा उच्च शिक्षाका लागि घरबाहिर होस्टेल, आफन्तकहाँ वा डेरा गरेर पनि बसेका हुन्छन् । यस्तो अवस्थामा घरको न्यास्रो लाग्नेदेखि आवश्यक सामग्री नभएर समस्या पनि परिरहेको हुन सक्छ । यस्ता विद्यार्थीसँग मोबाइल हुने हो भने उनीहरूले बेलैमा घरमा सम्पर्क गरेर समस्या पर्नु अघि नै समाधान अपनाउन सक्छन् । त्यसैगरी बिरामी पर्दा पनि बेलैमा जानकारी गराउन सक्छन् ।

मोबाइल फोनले विद्यार्थीमा पर्ने हानि

१. अनावश्यक प्रयोग बढ्ने
मोबाइलको हरेक प्रयोग फोन होस्, म्यासेज होस् वा इन्टरनेट, सबैमा (केही मोबाइल सेवा प्रदायकले आकर्षित गर्न निश्चित समयमा निःशुल्क गरेका बाहेक) निश्चित पैसा खर्च हुन्छ । त्यसैले मोबाइलको जति मात्रामा अनावश्यक प्रयोग गरिन्छ, त्यति नै बढी पैसा नोक्सान हुन्छ ।

२. गेम खेल्ने लत लाग्ने
विद्यार्थीहरू स्वाभाविक रूपमा खेलप्रति आकर्षित हुन्छन् । पढिरहेका बेलामा पनि प्रायः उनीहरूको ध्यान खेलतिरै हुने गर्छ । बाबुआमा वा जसको मोबाइल भेटे पनि गेम खेल्न थाल्ने बालबालिकाको आफ्नो छुट्टै मोबाइल हुने हो भने अवस्था के होला ? बालबालिकाले निश्चित मात्रामा गेम पनि खेल्नु पर्दछ । तर अति नै खेल्न थाले भने मोबाइल फोन दिन बन्द गर्नु नै उचित हुन्छ ।

३. अनिद्रा
मानव शरीरका लागि निश्चित समयको मेहनतपछि रातको समयमा आरामको जरुरत पर्दछ । त्यसमाथि पर्याप्त निद्रा भोलि पल्टको दिनचर्या लागि तरोताजा हुन सक्ने विद्यार्थीको प्रगति राम्रो हुन्छ । तर मोबाइलमा फोन, म्याज, सोसल मिडिया प्रयोग, गेम आदिमा रातरात भर जागै हुने बानी भयो भने स्वास्थ्यसँगै व्यक्तित्व विकासमा पनि हानि पुग्दछ ।

४. अन्य विद्यार्थीलाई बाधा
मोबाइल फोनको प्रयोगले अन्य विद्यार्थीलाई दुई तरीकाले बाधा पर्न सक्छ । पहिलो त कक्षा सञ्चालन भइरहेका बेला मोबाइलको रिङटोन बजेमा ‘डिस्टर्ब’ हुन्छ । अर्को, अनावश्यक रूपमा साथीलाई मिसकल गरेर, म्यासेज पठाउँदा पनि डिस्टर्ब हुन्छ ।

५. परिवारलाई दिने समय कम
मोबाइल फोनको प्रयोग बढेसँगै परिवारका सदस्य एकै घरमा भएर पनि एकआपसमा सरसल्लाह, हासोमजाक गर्न भन्दा बढी मोबाइलमा व्यस्त हुने प्रवृत्ति बढेको छ । त्यसमा पनि विद्यार्थी जीवन नौलो विषयवस्तुमा आकर्षित हुने बेला भएकाले मोबाइलको प्रयोगमा झुम्मिनाले परिवारलाई समय नै नदिने बानी बस्छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय