सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

संसदीय इतिहासको पहिलो घटना :रेशम चौधरीलाई सांसदको लोगो

 

काठमाडौं – कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम कुमार चौधरीले पद तथा गोपनियताको सपथ लिएका छन् । उनले थारु भाषामा सपथ लिएका हु्न् ।सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार सभामुख कृष्ण बहादु्र महराले चौधरीलाई पद तथा गोपनियताको सपथ दिलाएका थिए । सपथसँगै संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले चौधरीलाई सांसदको लोगो लगाइदिए ।

टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीलाई सपथकै लागि डिल्लीबजारस्थित सदर खोरबाट सिंहदरबार पुर्याइएको थियो । सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाला लगाइदिए भने त्यहाँ पुगेका राजपाका नेताहरुले पनि उनलाई बधाई दिँदै फुलमाला लगाइदिए । का छन् । उनले थारु भाषामा सपथ लिएका हु्न् ।सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार सभामुख कृष्ण बहादु्र महराले चौधरीलाई पद तथा गोपनियताको सपथ दिलाएका थिए । सपथसँगै संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले चौधरीलाई सांसदको लोगो लगाइदिए ।

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय