सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

के हो ‘सुपर कम्प्युटर’ भनेको ?

काठमाडौं-सामान्य कम्प्युटरभन्दा कैयौं गुणा बढी गणना वा डाटा प्रोसेसिङ गर्ने क्षमता सुपर कम्प्युटरको हुन्छ । समानान्तर प्रोसेसिङ गर्ने सुपर कम्प्युटरले एकै साथ धेरै प्रकारका इन्पुट लिने, स्टोर गर्ने, प्रोसेस गर्ने र आउटपुट दिने काम गर्छ । केयूका सहप्राध्यापक डा. राजेन्द्र अधिकारीका अधिकारीका अनुसार तीव्र गणना र विशाल संग्रह क्षमता भएका कारण सुपर कम्प्युटर धेरै क्षेत्रको अनुसन्धानमा उपयोगी हुन्छ ।यसको प्रयोगले भूकम्प प्रतिरुपण, जलवायु परिवर्तन, एचवानएनवान भाइरस नियन्त्रण, नवजात शिशुमा लाग्ने रोगहरूको आनुवंशिक विश्लेषण, प्रदूषण निवारणमा वातावरणसम्बन्धी तथ्यांकहरूको विश्लेषण, विभिन्न नदीहरूको जलविद्युत् सम्भाव्यता लगायतमा उच्चस्तरको अध्ययन गर्न सक्ने विश्वविद्यालयले जनाएको छ ।

काठमाडौं विश्वविद्यालय (केयू) ले मुलुकमा नै पहिलो ‘सुपर कम्प्युटर’ भित्र्याएको छ ।नेपालका अस्पतालहरूमा नयाँ बिरामीहरूका नयाँ डाटाहरूलाई संग्रहण गर्ने ठाउँ निकाल्नका लागि पुराना फोटोजन्य अभिलेख (एमआरआई, सिटी स्क्यान) आवधिक रूपले हटाउनुपर्ने वा मेटाउनुपर्ने बाध्यता रहँदै आएको थियो । साभार:कान्तिपुर दैनिक

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय