सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

जापानका भवनहरू विश्वमै सबैभन्दा बलिया

एजेन्सी-  जापानका भवनहरू विश्वमै सबैभन्दा बलिया भवनहरूमा गनिन्छन् । ती भवनको बलियोपनको रहस्य बनोटमा छ । त्यहाँ घर बनाइँदा घर उभिएको जमिन थर्किरहँदा, घरलाई नाच्ने गरी निर्माण गरिन्छ । टोकियो, ओसाका र योकोहामा सहरमा गगनचुम्बी भवनको अधिपत्य देखिन्छ ।भूकम्प आउँदा जापानमा गगनचुम्बी भवनहरू एक खालको नाच देखाउँछन् ।

सन् २०११ को तोकोहु भूकम्पलाई जापानमा पछिल्लो समय आएको सबैभन्दा ध्वंशात्मक भूकम्प मानिन्छ । तर यो जापानलाई धक्का दिने धेरै भूकम्पीय घटनाहरूमध्ये एक थियो ।

जापानको द्विपमाला प्रशान्तीय आगोको वृत्त ( रिङ अफ फायर) भनिने क्षेत्रमाथि बसेको छ । यो क्षेत्रमा आएर युरेसिया, फिलिपिन्स र प्रशान्तीय तीन टेक्टोनिक प्लेटहरू जोडिएका छन् ।

प्लेटहरू जोडिएको स्थानमा एउटा प्लेटले अर्को प्लेटमुनि ठूलो बल लगाइरहेको हुन्छ । यसले गर्दा त्यहाँ असाधरण दबाब जम्मा भएर बस्छ । भूकम्प भनेको त्यो दबाब बाहिर निस्किने प्रक्रिया हो । यो प्राकृति प्रकोपमा कुनै ऐरे गैरे सहरलाई धुलोमा मिलाउने सामाथ्र्य हुन्छ । जापानका टावर ब्लकहरू भने साधारण भवनहरू होइनन् । साना ठूला सबै भवनहरूले देशमा आउने भूकम्पहरू थेग्न सक्नुपर्छ ।

 

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय