सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

टर्कीको अर्थतन्त्र ध्वस्त पारिदिने, ट्रम्पको चेतावनी

एजेन्सी , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीलाई आर्थिक रुपमा ध्वस्त पारिदिने चेतावनी दिएका छन् । ट्रम्पले ट्वीटरमा अमेरिकाले सेना फिर्ता बोलाउन लागेको लेखेका छन् । तर यदी टर्कीले कुर्दमाथि हमला गरेमा यो मुलुकलाई आर्थिक रुपमा बर्बाद पारिदिने पनि उनले ट्वीटमार्फत लेखेका छन् । ट्रम्पले कुर्दिसलाई पनि टर्कीलाई नभड्काउनका लागि चेतावनी दिएका छन् । टर्की कुर्दलाई आतंककारी संगठन मान्दै आएको छ ।

आफ्नो ट्वीटमा ट्रम्पले लेखेका छन्,“सिरियामा आइएसएसको बाँकि रहेको हिस्सालाई समाप्त पारेर हामीले सेना फर्काउन सुरु गरेका छौ । यदी सिरियामा आईएसले पुनः आफ्नो उपस्थिति देखायो भने हामी फेरी उक्त क्षेत्रमा हमला गर्नेछौ । यदी टर्कीले कुर्दमाथि हमला ग¥यो भने हामी उसलाई आर्थिक रुपमा पुरै बर्बाद गरिदिन्छौ । यो पुरै क्षेत्रमा २० माइलसम्म सुरक्षित क्षेत्रको निर्माण गरिएको छ । हामी चाहदैनौ कि कुर्दले पनि टर्कीलाई भड्काओस ।”

सिरियामा आईएस अमेरिकाको सबैभन्दा ठूलो दुश्मन भएको ट्रम्पले बताएका छन् । उनले भनेका छन्,“आईएसलाई समाप्त पार्ने अमेरिकी नीतिले सबैभन्दा बढी रुस, इरान र सिरियालाई भएको छ । यो अभियानबाट हामीलाई पनि फाइदा भएको छ । तर हाल आफ्नो सेना फर्काउने समय आएको उनले बताए । हामीलाई यो कहिले पनि समाप्त न हुने युद्धलाई बिराम दिन आवश्यक छ ।”

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय