सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

ट्रम्प र किमको शिखर बैठक चाँडै हुने : अमेरिकी विदेश मन्त्री पोम्पेओ

एजेन्सी- अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले ट्रम्प र किमको दोस्रो शिखर बैठक चाडै हुने विश्वास व्यक्त गरेका हुन् । पहिलो शिखर बैठकमा भएको सहमतीअनुसार उत्तर कोरियाको आणविक हतियार बन्द गर्नकालागि भइरहेको प्रक्रिया र प्रगतिका बारेमा अमेरिकाले उच्च तहका कुटनीतिज्ञहरु पनि खटाएको योन्ह्याप समाचार संस्थाले जनाएको छ ।

दोस्रो बहुप्रतिक्षित शिखर बैठक गर्नुअघि अरु धेरै काम गर्न बाँकी नै रहेको पोम्पेओले शुक्रबार बताए । ‘मलाई विश्वास छ की राष्ट्रपति ट्रम्प र नेता किमबीचको दोस्रो शिखर बैठक आगामी छोटो समयमै हुनेछ,’ विदेश मन्त्री पम्पेओले भने ।

अमेरिका र उत्तर कोरिया बीचको विश्वास अझ बढाउन र अमेरिकालाई ठूलो चुनौतीको रुपमा रहेको आणविक हतियारलाई निशस्त्रीकरण गर्न शिखर बैठक उपलब्धिमुलक हुने उनको विश्वास छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय