सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

थापाले धोका दिए :रबिन्द्र मिश्र

काठमाडाैं – विवेकशील साझा पार्टीले संयोजक उज्वलबहादुर थापाले नयाँ दल दर्ताका लागि निवेदन दिएको घटनालाई दुःखद भएको बताएको छ।

पार्टी प्रवक्ता डा.सूर्यराज आचार्यद्वारा शुक्रबार जारी प्रेश विज्ञप्तीमा संयोजक थापाले केहि केन्द्रिय सदस्यहरुलाई लिएर नयाँ दल दर्ताको लागि निवेदन दिएको घटना धोकापूर्ण रहेको बताएको हाे। साथै पार्टीले यो घटनाको इतिहासले मुल्याङ्कन गर्ने समेत बताएको छ। विज्ञप्तीमा भनिएको छ ‘उहाँहरुले वैकिल्पक पार्टी निर्माणको अभियानमा पुर्‍याउनुभएको आघात र धोकापूर्ण कार्यको इतिहासले मुल्यांकन गर्ने नै छ।’

पार्टीभित्र विगत केही समयदेखि कार्यशैली र कार्यप्रणालीलाई लिएर मतभिन्नताहरु रहेकाेले यस्तै मतभिन्नताहरुलाई सम्बोधन गर्न आगामी पौष ३० गते केन्द्रिय समितिको बैठक बोलाईएको तर संयोजक थापा स्वयंले आसन्न बैठकमा सहभागी समेत नभई नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद अवस्था भएकाे विज्ञप्तीमा उल्लेख छ।

पार्टीका केही नेताहरुको यस्तो कार्यले वैकल्पिक पार्टी निर्माणको पवित्र उद्देश्यलाई घात मात्र नभइ स्वयं पार्टी निर्माणमा लामो समयदेखि क्रियाशिल युवाहरु र मतदाताप्रति पनि अन्याय भएको विज्ञप्तीमा उल्लेख छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय