सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

पकेट क्षेत्र नै तरकारीका लागि भारतमा निर्भर

कैलाली- कैलाली तरकारी उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ ।तरकारीको मुख्य सिजनमै कैलालीमा करोडौँ रुपैयाँको तरकारी भारतबाट आयात भएको छ ।

यहाँको मुख्य त्रिनगर भन्सार नाकाबाट मंसिर र पुसमा मात्र करिब साढे नौ करोडको तरकारी आयात भएको छ । मंसिरमा ५ करोड २२ लाख ६५ हजार र पुसमा ४ करोड २१ लाख ९५ हजारको आलु, प्याज, टमाटर, बन्दा, काउली, खुर्सानी, फर्सीलगायत तरकारीहरू आयात भएको भन्सार कार्यालयको तथ्यांकमा छ ।

कैलालीमा वर्षे, हिउँदे र वसन्ते गरी ३ वटा सिजनमा वार्षिक करिब १० हजार हेक्टरमा तरकारी खेती गरिन्छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हिउँदमा मात्र ५ हजार ३ सय हेक्टर क्षेत्रमा तरकारी खेती हुन्छ ।
अहिले आलु, टमाटर, बन्दा, काउली, खुर्सानी, फर्सीलगायत तरकारी उत्पादनको मुख्य सिजन हो ।

तरकारी उत्पादनको उर्वर जिल्ला भए पनि व्यावसायिक तरकारी खेती विस्तार हुन नसक्दा सिजनमा समेत यहाँका उपभोक्ता भारतीय तरकारीमा निर्भर हुने गरेका छन् । जिल्लाका हसुलिया, भजनी, लालबोझी, टीकापुरलगायत भारतसँग जोडिएका सीमानाबाट भारतीय तरकारी आयात हुने गरेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय