सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

पहिलो पटक चिनिया अंतरिक्ष्य यान चन्द्रमाको दक्षिणी ध्रुबमा सफलता पुर्बक अवतरण

एजेन्सी– चीनको एक रोबोटिक अन्तरिक्ष यानलाई चन्द्रमाको हालसम्म अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गरेकाे छ।

चाँग इ-४ नामक उक्त यान चन्द्रमाको दक्षिणी ध्रुव-एटकेन बेसिनमा अवतरण भएको ग्लोबल टाइम्सले जनाएको छ। उक्त यानलाई सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न एवं एक जैविक प्रयोग गर्न चाहिने उपकरण सहित पठाइएकाे छ।

चीनले उक्त अवतरणलाई ‘अन्तरिक्ष यात्राको एक महत्त्वपूर्ण कोसेढुङ्गा’ मानेकाे छ।चन्द्रमामा विगतमा गरिएका यात्रा पृथ्वीतर्फ फर्किएको क्षेत्रमा गरिएका थिए भने यसपटक पहिले अध्ययन नगरिएको क्षेत्रमा सो यान पुगेको छ।

गत हप्ता चिनियाँ सरकारी सञ्चार माध्यमले उक्त यान चन्द्रमाको सतहको १५ किलोमिटर नजिकैको कक्षमा उत्रिसकेको जनाएका थिए।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय