सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

प्रतिपक्षीको होहल्लाका बीच चिकित्सा शिक्षा विधेयक पारित

1200*120

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको होहल्लाका बीच शुक्रबारको संसद् बैठकले चिकित्सा शिक्षा विधेयक–२०७५ पारित गरेको छ ।

सभामुख कृष्णबहादुर महराले बैठकको प्रारम्भ भएको घोषणा गरेलगत्तै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले उठेर विरोध प्रदर्शन गरे । उनीहरूले संसदीय मर्यादा कायम हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।सभामुख महराले शान्त रहन आग्रह गरे पनि कांग्रेस सांसदहरू नाराबाजीमा उत्रिरहेपछि उनले शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई विधेयक प्रस्तुत गर्न आग्रह गरेका थिए ।

शिक्षामन्त्री पोख्रेललाई रोस्ट्रममा जान नदिन कांग्रेस सांसदहरूले प्रयास गरे पनि मर्यादापालकको सहयोगमा पोख्रेल रोस्ट्रममा पुगेर विधेयक प्रस्तुत गरे । शिक्षामन्त्रीले प्रस्तुत गरेको विधेयकलाई संसद्को बहुमतले पारित गरेको थियो ।

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120