धनुषा- धनुषाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका सवारी साधनलाई प्रहरीले प्रर्दशनीमा राखेको छ। जिल्ला ट्राफिक कार्यालय जनकपुरले ६ महिनाको अवधिमा नियन्त्रणमा लिएका सवारीसाधन एक सातासम्म प्रर्दशनीमा राखिने प्रहरीले बताएको छ।
कार्यालयले पत्रकार सम्मेलन गरी कागजात दुरुस्त नभएका, चेसिस नम्बर नभएका सवारी साधन सार्वजनिक गरेको हो। कागजात दुरुस्त नरहेका भारतीय नम्बरको चारपांग्रै सवारी साधन ३ वटा, विभिन्न ब्राण्डका मोटरसाइकल १४ थान र एउटा टेम्पो सार्वजनिक गरिएको प्रहरीले जनाएको छ
उक्त सवारी साधन चोरी भएका, हराएका वा कागजात दुरुस्त नभई नियन्त्रणमा लिइएको हुँदा सम्बन्धित सवारी धनीले आवश्यक कागजातका साथ प्रक्रिया पुर्याइ आफ्नो सवारी साधन लिएर जानसक्ने प्रहरी निरीक्षक दिपक कुमार साहले बताए ।
एक सातासम्म उक्त सवारी साधनहरु प्रर्दशनीमा राखिने र सो अवधीमा कागजातसहित माग दाबी गर्न कोही नआएको खण्डमा भन्सार कार्यालयमा पठाइने निरीक्षक साहले जानकारी गराए।