काठमाडौं – ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआइ) ले भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१८ सार्वजनिक गरेको छ।
यस वर्षको सूचकाङ्कमा समावेश १८० देशमध्ये डेनमार्क कुल १०० मा ८८ अङ्कप्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएको छ भने सोमालिया १० अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ। नेपाल १८० देश मध्ये २९ अंक प्राप्त गर्दै १ सय ३१ औं स्थानमा रहेको छ।
दक्षिण एशियाली राष्ट्रहरु मध्ये भुटान ६८ अङ्क प्राप्त गरी २५ औं स्थान, भारत ४१ अङ्क प्राप्त गरी ७८ औं स्थान, श्रीलंका ३८ अङ्क प्राप्त गरी ८९औं स्थान, पाकिस्तान ३३ अङ्क प्राप्त गरी ११७ औं स्थान, मालदिभ्स ३१ अङ्क प्राप्त गरी १२४ औं स्थान, नेपाल ३१ अङ्क प्राप्त गरी १२४ औं स्थान, बङलादेश २६ अङ्क प्राप्त गरी १४९ औं स्थान र अफगानिस्तान १६ अङ्क प्राप्त गरी १७२ औं स्थानमा रहेका छन्। छिमेकी मुलुक चीन ३९ अङ्क प्राप्त गरी ८७औं स्थानमा रहेको छ।
सन् २०१८ मा विश्वका १८० देशमा सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञ र व्यावसायीको अवधारणामा आधारित भएर ट्रान्सपरेन्सी इन्टरनेशनल मापन गरेको थियो। यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउँछ। टीआईले यो सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको छ। यस सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको हो।