सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

मन चोर्ने युवती विरुद्ध उजुरी;प्रहरी भए अचम्मित!

एजेन्सी– भारतको नागपुरमा एक युवकले अचम्मको उजुरी दर्ता गराएका छन् ।  युवकले आफ्नो मन चोरेको भन्दै युवतीविरुद्ध चोरीको मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगेका थिए ।

एक युवतीले आफ्नो  मन चोरेको बताउँदै नागपुरस्थित एक प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्न गएका ती युवकलाई देखेर प्रहरीसमेत अचम्मित भएका थिए ।

हालै भएको यो घटनामा ती युवकले मन चोर्ने युवतीविरुद्ध मुद्दा दर्ता गराएर आफ्नो चोरिएको मन समेत फिर्ता गर्न चाहेका थिए । अन्य प्रकारका चोरीका मामिला भारतमा नौलो नभएपनि यस्तो चोरीको उजुरी पहिलो र अचम्मलाग्दो थियो ।

एकछिन छलफल गरेपछि प्रहरीले भारतमा यससम्बन्धमा कुनै कानुन नभएको भन्दै मुद्दा दर्ता नगरी ती युवकलाई फर्काएका थिए ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय