सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

वाइडबडी खरिद प्रकरणमा नेकपा र प्रमुख प्रतिपक्ष दल कांग्रेसका मुख्य नेताहरुको संलग्नता : डा. भट्टराई

काठमाडाैं – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल कांग्रेसका मुख्य नेताहरु नै संलग्न रहेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सो प्रकरणलाई ढाकछोप गर्ने सहमति भएको दावी समेत गरे । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसदीय समितिले सो विमान खरिदमा ठूलो आर्थिक घोटाला भएको विवरण बाहिर ल्याएपछि प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्ष दलका नेता देउवाबीच सो प्रकरणलाई ढाकछोप गर्ने सहमति भएको बताए ।

नयाँ शक्ति पार्टी, नेपालले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारमा संलग्नलाई कार्वाहीको दायरामा ल्याउन सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने घोषणा गरेको छ । संयोजक भट्टराईले सो काण्डमा मुछिएकाहरुलाई कार्वाही गर्न आफ्नो पार्टीले सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने पनि बताए ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय