एजेन्सी — सन् २०१८ विवादै विवादमा घेरिएपनि फेसबूकले अन्तिम त्रैमासिकमा बलियो आर्थिक प्रगति गरेपछि टन्न पैसा कमाएको छ । फेसबूकको व्यापारिक सफलता र यसको सार्वजनिक प्रतिष्ठा भिन्न भिन्न कुरा भएको यसले देखाएको छ । फेसबूकको प्रतिष्ठामाथि बुधवार मात्र अर्को धक्का लागेको छ जब एप्पलले फेसबूक यापमा १३ वर्ष उमेरका प्रयोगकर्तालाई पैसा तिरेर उनीहरूको गतिविधि निरीक्षण गर्ने प्रोग्राम राखिएको भनी आरोप लगाएको थियो ।
सन् २०१८ को अन्तिम तीन महिनामा फेसबूकले ६.८८ अर्ब डलरको मुनाफा गरेको थियो । यसै समयमा सन् २०१७ मा उसले ४.२७ अर्ब डलर कमाएको थियो ।
दिनदिनैका सक्रिय प्रयोगकर्ता र मासिक सक्रिय प्रयोगकर्ता दुवैमा अघिल्लो वर्षको तुलनामा ९ प्रतिशत वृद्धि देखिएको छ । फेसबूक र उसले किनेका अन्य सञ्जाल इन्स्टाग्राम, मेसेन्जर र ह्वाट्सयापमा दैनिक दुई अर्ब सक्रिय प्रयोगकर्ता रहेको अनुमान कम्पनीले गरेको छ ।