सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

विष बन्न सक्छ चिकित्सकको सल्लाहबिनाकोे औषधि

काठमाडौँ–पेट दुख्यो, टाउको दुख्यो, सामान्य रुघाखोकी लाग्नेबित्तिकै हामी फार्मेसी धाउँछौँ । समस्याको जरो कारण के हो ? त्योबारेमा ठोस पहिचान नगरी औषधि पसलेले हचुवा र अनुमानको भरमा दिएको औषधिहरू हामी चकलेट, सुपारी खाएजसरी नै जथाभावी खान्छौँ । औषधि पसलेले अनुमानका भरमा दिएको औषधिले कतिको रोग निको होला तर कतिको हुँदैन, यो पक्का हो । त्यसरी औषधि खाँदा उपचारका लागि अस्पताल जानु परेन्, चिकित्सकको सल्लाह लिनुपरेन । समय पनि बच्यो, डाक्टरले लिने पैसा पनि जोगियो । यसो हेर्दा कति सजिलो छ है ।

तर त्यसरी बिनाचिकित्सीय परीक्षण औषधि खाँदा हामीले के कुरालाई चाहिँ भुलिरहेका हुन्छौँ भने हामीले औषधि होइन, विष खाइरहेका छौँ । किनभने, कुनै पनि औषधिले राम्रो काम गर्नका लागि चिकित्सकको सल्लाह र स्वास्थ्यको रिपोर्टअनुसार मात्रा पुर्याएर औषधि खानुपर्ने हुन्छ । मात्रा पुर्याएर खाएको औषधिले मात्रै शरीरमा रोग लगाउने किटाणु र त्यसबाट सिर्जित समस्यालाई पूर्णतः निर्मूल पार्न सक्छ ।  मात्रा नपुर्याई खाइएको औषधिले पनि हामीलाई निको पारेको अनुभूति त दिन सक्छ तर वास्तवमा, त्यसले रोगलाई र रोगका कारक किटाणुलाई पूर्णतः निर्मूल भने पारिसकेको हुँदैन । अन्ततः हामीले आधा अपूरो खाएको त्यो औषधिले राम्ररी काम गर्न सक्दैन । अन्ततः छोटो समयको अन्तरालमै त्यो अघि देखिएको समस्या नै पुनरावृत्ति हुन सक्ने सम्भावना पनि बढेर जान्छ । अर्थात्, जुन रोग निको पार्नका लागि हामीले औषधि खाएका हुन्छौँ, त्यो रोग त निको हुँदैन, हामीले जथाभावी खाएको आधाअपूरो औषधि चाहिँ शरीरमा औषधि हैन, विष बन्न सक्छ ।

यसरी एन्टिबायोटिक प्रयोग गर्दा शरीरमा एन्टिबायोटिकको मात्रा बढे पछि मानव स्वास्थ्यमा एन्टिबायोटीकले कामै गर्न सक्दैन् । एन्टिबायोटिकको असरको विषयमा अनुसन्धान नै नभए पनि टिचिङ अस्पतालमा हप्तामा एक दुईवटा प्यान रेसिसस्टट्यान्ड अर्थात् कुनै पनि औषधिले नछोएको बिरामी भेटिन्छन् । अन्ततः यस्ता बिरामीको निधन नै हुने गरेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय