सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

सामाजिक सञ्जालबाट किशोरभन्दा किशोरी बढी प्रभावित

 एजेन्सी –  सामाजिक सञ्जालबाट किशोरभन्दा किशोरी बढी प्रभावित भएको एक अध्ययनले देखाएको छ । आफ्ना साथीहरूसँग सम्पर्कमा रहन र सिक्नका लागि सामाजिक सञ्जाल किशोरकिशोरीका लागि सहयोग माध्यम हो । यद्यपि यसले उनीहरूलाई नकारात्मक प्रभाव पनि पारेको पाइएको छ ।

लन्डन विश्वविद्यालयका विद्यार्थीहरूले गरेको उक्त अध्ययन ‘इक्लिनिकल मेडिसिन’ नामक जर्नलमा प्रकाशित भएको छ । अध्ययनका अनुसार झण्डै १४ वर्षको उमेरका किशोरीहरूलाई सामाजिक सञ्जालको प्रयोगले बढी मानसिक तनाव बढाउने गरेको छ ।

दैनिक झण्डै पाँच घण्टा सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरीको शैक्षिक गुणस्तरमा ५० प्रतिशत ह्रास आएको पाइएको छ भने किशोरको शैक्षिक गुणस्तरमा ३५ प्रतिशत ह्रास आएको छ ।

तुलनात्मक रूपमा दैनिक एकदेखि तीन घण्टा सामाजिक सञ्जाल प्रयोग गर्नेहरूको पढाइमा भने सुधार आएको पाइएको अध्ययनले देखाएको छ । ‘हामीले एउटा खतरनाक तथ्य फेला पार्‍यौँ, शुरुमा त पत्याउन पनि गाह्रो भयो । त्यो यही थियो कि सामाजिक सञ्जालको प्रयोगले छोराहरूभन्दा छोरीहरूलाई बढी असर गरेको पाइयो’, अध्ययनकर्ता एभन केल्लीले भने ।

यस अध्ययनले सामाजिक सञ्जालको प्रयोग र मानसिक तनावको सम्बन्धलाई पनि देखाएको छ । सामाजिक सञ्जाल प्रयोग गर्नेहरूमा मानसिक तनावको संकेत बढी देखिएको अध्ययनले पुष्टि गरेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय