एजेन्सी -हुवावेको विश्वव्यापी उदयमा कालो बादल मडारिहेको छ । विभिन्न देशका सरकारले कम्पनीको प्रविधिलाई चिनियाँ जासुसहरुले प्रयोग गरिरहेको भनेर चिन्ता व्यक्त गरिरहेका छन् ।हुवावेले पाँचौ जेनरेसन (फाइभ जी) वायरलेस प्रविधिमा आफूलाई ‘प्रभावशाली स्थान’ मा उभ्याइसकेको हुनाले अमेरिकाले नेतृत्व गरेको यो अभियानले चिनियाँ कम्पनीको बृद्धिमा केही हदसम्म ‘ब्रेक लगाउने’ भन्दा थप केही गर्न नसक्ने विश्लेषकहरु बताउँछन् ।
उदयमान बजारमा मात्र नभएर युरोपमा पनि यसका ‘बफादार’ प्रयोगकर्ता रहेका छन् । अर्को वर्षसम्म हुवावे विश्वकै सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन बन्ने अनुमान गरिएको छ ।
हुवावेको यही विश्वव्यापी प्रभावबाट अमेरिकामा खतराको घण्टी बजेको हो जसले गर्दा उसले कम्पनीमाथि चिनियाँ सरकारलाई जासुसी गर्न सहयोग गर्ने उत्पादनहरु बिक्री गरिरहेको आरोप लगाइरहेको छ ।