सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

अज्ञात समूहद्वारा अरुण तेस्रो जलविद्युत परियोजनाको पावर हाउसमा पुनः बम विष्फोट !

विराटनगर – बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत परियोजनाको पावर हाउसमा बिहीबार राति अज्ञात समूहले बम विष्फोट गराएको छ ।।गतवर्ष पनि सोही क्षेत्रमा गराइएको विष्फोटमा पावर हाउस भवनका दुईवटा कोठामा क्षति पुगेको थियो । एक वर्ष अघि गराइएको विष्फोटमा संलग्नको पहिचान हुन नसिकरहेको बेला पुनः अर्को पटक विष्फोट गराइँदा बहुप्रतिक्षित परियोजनाको सुरक्षा सवालमा प्रश्न चिन्ह खडा भएको छ ।

घटनास्थलमा तीनवटा बम विष्फोट गराएको भएपनि हालसम्म कुन बम विष्फोट भएको यकिन भइनसकेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।पूर्वी पहाडको संखुवासभा जिल्लामा ९ सय मेगावाट विद्युत उत्पादन गर्ने गरी नेपाल प्रहरीको सुरक्षा घेराभित्र यो परियोजनाको निर्माण भारतीय सतलज कम्पनीले गरिरहेको छ ।

संखुवासभाको चिचिला गाउँपालिका–३ पुखुवामा रहेको परियोजनाको पावर हाउस (विद्युत उत्पादन गृह) मा राति करिब साढे आठबजे तीनवटा बम विष्फोट गराइएको प्रहरी कार्यालयले जनाएको छ।पावर हाउसबाट लगभग डेढ सय मिटर पर विष्फोट गराइएको बताउँदै कार्यालयले घटनाको अनुसन्धानका लागि सिनियर प्रहरी अधिकृतकै तेतृत्वमा टोली परिचालन गरिएको जनाएको छ ।

विष्फोट किन र कसले गराएको खुलि नसकेको जनाएको प्रहरी कार्यालयले विष्फोटबाट सुरुङ् खन्ने मेसिन र एउटा जेनेरेटरमा क्षति पुगेको उल्लेख गरेको छ ।

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय