काठमाडौं – अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को रेड नोटिसमा अहिलेसम्म २८ जना नेपाली रहेका छन्। त्यसैगरी ३३ जना नेपालीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ। मुलुक र मुलुकबाहिर विभिन्न अपराधमा संलग्न नेपाली नागरिकविरुद्ध इन्टरपोलले रेड नोटिस र डिफ्युजन नोटिस जारी गरेको हो। नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंको आग्रहमा २८ जनालाई रेड नोटिस र ३३ जनालाई डिफ्युजन नोटिस जारी गरेको हो। एनसिबीको आग्रहमा नेपाली नागरिकविरुद्ध मात्रै होइन दुई जना भारतीय नागरिकविरुद्ध पनि रेड नोटिस जारी गरिएको छ।
नेपाल प्रहरीले गत वर्षको चर्चित ३३ किलो सुन तस्करी प्रकरणमा संलग्नहरूविरुद्ध पनि रेड नोटि जारी गरेको छ। त्यस्तै, हत्या, अपहरण, बलात्कार, बैंकिङ कसुर, ठगी, लागुऔषध कारोबारलगायतका अपराधमा फरार रहेकाविरुद्ध रेड नोटिस र डिफ्युजन नोटिस जारी गरिएको हो।
नेपाल प्रहरीले चर्चित ३३ किलो सुन तस्करीका अभियुक्तहरूलाई नेपालमा मात्रै होइन विदेशमा पनि खोजि गरिरहेको छ। यसका लागि इन्टरपोलको पनि सहयोग लिएको छ। यो प्रकरणमा संलग्नहरूविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस नै जारी भएको छ। सुन तस्करीमा संलग्न चेतनाथ भण्डारी, रमेश उप्रेती, रोहित आचार्य, भोजराज भण्डारी, टुकबहादुर मगर, कृष्ण बस्नेत, हरिशरण खड्का, महोमद उस्तम मियाविरुद्ध नेपाल प्रहरीले रेड नोटिस जारी गर्न लगाएको छ। यसै प्रकरणका अभियुक्त भारतीय नागरिक मोहनकुमार अग्रवाल र कृष्णगोपाल अग्रवालविरुद्ध पनि नेपाल प्रहरीको पहलमा रेड नोटिस जारी भएको छ। यसरी रेड नोटिसमा परेकामध्ये हरिशरण खड्कालाई केही दिनअघि दुबई प्रहरीले पक्राउ गरेको छ। सन् २०१८ मा रेड नोटिस जारी हुने अन्य नेपाली नागरिकमा गोविन्दप्रसाद तिवारी, केशव दर्लामी मगर, लालुप्रसाद यादव, होमबहादुर कार्की, पेमा शेर्पा, सालबहादुर गुरुङ रहेका छन्। यसअघि आङवीर बोहरा, भक्तबहादुर लामा, भीमलाल शर्मा, भुपेन्द्र खड्का, विष्णुबहादुर लामा, फकिर रियाज, लालु अर्जुन, गुल्जार मियाँ, लालराज गौतम, ओकेन्द्रबहादुर सिहं, पवनकुमार कार्की, पशुपतिनाथ शुक्लाविरुद्ध रेड नोटिस जारी भएको छ। यस्तै राहुल हल्दीया, रामबहादुर तामाङ, रामकुमार यादव, रुद्र आचार्यको नाम पनि रेड नोटिसमा छ। नेपालीहरू इन्टरपोलको एल्लो नोटिसमा पनि परेका छन्। थाहा खबर मा समाचार छ l
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को रेड नोटिसमा २८ जना नेपाली अपराधि
Comments