काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही नेपाली भोकै बस्नु नपर्ने र कोही नेपाली भोकले मर्नु नपर्ने बताएका छन् ।‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा सभामा बोल्दै प्रधानमन्त्री अोलीले यो एउटा नयाँ प्रयास भएको र रोजगार चाहनेहरुलाई व्यवस्थित गर्ने तर्फ सरकार लागेको बताए ।
नेपालका समस्याहरु मध्ये बेरोजगारी एक ठूलो समस्या रहेको बताउँदै अब गरिब देशको पहिचानलाई समृद्ध देशमा, अल्पविकशित देश भन्नेलाई विकशित देशको रुपमा चिनाउने तर्फ सरकार लागेको उनले दावी गरे । कुन व्यक्ति कुन ठाउँमा आवश्यक छ त्यस अनुसारको आपूर्ति गर्ने र रोजगारीका अभावलाई व्यवस्थित ढंगले समाधान गर्ने बाटोमा यो एउटा ऐतिहासिक कदम भएको प्रधानमन्त्रीले बताए । नया पत्रिका मा समाचार छ l