काठमाडौँ- आधुनिक जीवनशैलीले जन्म दिएका स्वास्थ्य समस्या मध्ये आँखाको दृष्टि कम हुँदै जानु पनि एक हो । जसको प्रमुख कारण हो आँखा सुख्खा हुँदै जानु हो । तपाईलाई यो जानेर अचम्म लाग्दा कि आँखालाई स्वस्थ राख्न आँखामा आँसु हुनु जरुरी हुन्छ । आँखामा रहेको लेक्रिमल ग्ल्याण्ड नामक तत्वले आँसु बनाउने काम गर्छ । खासमा आँसु हाम्रो आँखाका लागि भगवानबाट प्राप्त मोस्चराइजर हो । आँखालाई स्वस्थ राख्नु आँसुको महत्वपूर्ण भूमिका हुन्छ ।
लामो समयसम्म एसीमा बस्दा, धेरै समस कम्प्युटरमा काम गर्दा, कन्ट्याक्ट लेन्सको प्रयोग गर्दा र बद्लिँदो मौसमका कारण आँखामा सुख्खापन आउने समस्या हुन्छ । सडक लगायत धुलो धुँवा हुने ठाउँमा काम गर्ने व्यक्तिको आँखामा पनि सुख्खापन आउन सक्छ ।
यस्तो अवस्थामा आँखालाई जोगाउनु महत्वपूर्ण हुन्छ । किनकी आँखा मात्रै यस्तो बस्तु हो जसले तपाईलाई संसार देखाउँछ ।
कम्प्युटरमा काम गर्ने गर्नुहुन्छ भने हरेक एक घन्टाको अन्तरालमा दुई मिनेटका लागि आफ्नो आँखा बन्द गर्नुहोस् । यदि कन्ट्याक्ट लेन्सको प्रयोग गर्नुहुन्छ भने त्यसलाई नियमित रुपमा राम्रोसँग सफा गर्ने गर्नुहोस् । कुनै औषधिले आँखामा असर पुर्याउँछ । त्यसैले त्यसबारे राम्ररी बुझेर मात्रै औषधि सेवन गर्नुहोस् ।
आफ्नो भोजनमा यस्ता चीज सामिल गर्नुहोस् जसमा एन्टी अक्सिडेन्ट र भिटामिन ‘ए’ भरपूर मात्रामा होस् । यसका लागि सुन्तला, मेवा, आँप, कागती, टमाटर आदिको सेवन गर्नु फाइदाजनक हुन्छ ।