सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

आईसीसीले नेपाली क्रिकेट खेलाडीकाे रकम पठायाे

नेपाली क्रिकेट खेलाडीहरुको मासिक तलवकालागि आईसीसीले राखेपको खाता रहेको स्टान्डर्ड चार्टड बैंकमा एकमुष्ट १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ पठाएको हो ।

२०१६ देखि नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि रोकिएको नेपाली खेलाडीहरुले पछिल्लो समय तलब पाउन सकेका छैनन् ।

खेलाडीको तलब रिलिज गर्नका लागि राखेपले ३ पटक सम्म पहल गरेको थियो । प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्का लगायतको सल्लाहमा खेलाडीको नयाँ बर्गीकरण गरेर आइसीसीमा पठाएको थियो । जसमा ए, बी र सी गरी तीन श्रेणीमा सात सात गरी २१ खेलाडी समावेश छन् ।

ए श्रेणीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी छन् ।

बी श्रेणीमा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन छन् ।

सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलिपनाथ, सुनील धमला, सुशन भारी, किशोर महतो र विनोद भण्डारी रहेका छन् ।

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय