भद्रपुर-करोडौंको मूल्य बरावरको विषालु सर्पको बिषसहित नेपाली नागरिक भारतमा पक्राउ परेका छन् । नेपाल–भारतको सीमा नाका झापाको काकँडभिट्टा नाकाबाट भारतर्फ बिषालु सर्पको बिष तस्करी भइरहेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरेको हो ।
काँकडभिट्टासँग जोडिएको भारतको पश्चिम बङ्गाल, दाजिलिङ् जिल्लाको पानीट्यङ्की बजारबाट भारतीय एसएसबी ४१ बी वटालीयनका इन्स्पेक्टर विजय कुल्लुको नेतृत्वको एसएसबीको टोलीले भारतीय ३५ करोड रुपैयाँ मूल्य बराबरको सर्पको बिषसहित झापा बुद्धशान्ति गाउँपालिका ४ का अन्दाजी ४९ बर्षीय बल वहादुर यावालाई पक्राउ गरेको जनाएको छ ।
उनलाई भारतको पानीट्याङ्की बसपार्क नजिकैबाट पक्राउ गरेको हो । बलबहादुरले सिसाको ठूलो भाँडोभित्र राखेको लगभग दुई पाउन्ड सर्पको बिष एसएसबीले बरामद गरेको थियो । नेपालबाट सर्पको बिष भारततर्फ तस्करी भइरहेको गोप्य सूचनाको आधारमा बलबहादुरमाथि शङ्का लागि चेकजाँच गर्दा सर्पको बिष फेला परेको भारतीय प्रहरीले जनाएको छ ।नेपाल समाचार पत्रमा समाचार छ l