
धनगढी प्रिमियर लिग (डीपीएल)मा काठमाडौँ गोल्डेन्सले अपराजित यात्रा कायम राख्दा रुपन्देही च्यषालेन्जर्सले लज्जासपद हार बेहोरेको छ।
आइतवार भएको दोस्रो खेलमा काठमाडौँले रुपन्देहीलाई १०० रनले पराजित गरेको हो।
तेस्रो जितपछि चार खेलबाट ७ अंक जोडेको काठमाडौँले शीर्ष दुईमा रहँदै क्वालिफायर्समा स्थान सुरक्षित गरेको छ। अब लिग चरणमा काठमाडौँले एक खेल खेल्न बाँकी छ।
सुरुको दुई खेल जितेर उत्कृष्ट सुरुवात गरेको रुपन्देशी पछिल्लो दुई खेलमा हारपछि रुपन्देहीको ४ खेलबाट ४ अंक छ। काठमाडौले सिवाइसी अत्तरिया र रुपन्देहीले धनगढी स्टार्ससँग लिगमा खेल्न बाँकी छ। चार खेलबाट १ अंक मात्र रहेको साविक विजेता धनगढी लिग चरणबाटै बाहिरिसकेको छ।

अब सिवाइसी अत्तरिया, रुपन्देही, महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्समध्ये तीन टिम प्लेअफ पुग्नेछ भने एक टिम बाहिरिनेछ। महेन्द्रनगरले ५ वटै खेल खेलिसकेको छ र ४ अंक छ। यदी रुपन्देही र विराटनगर आफ्नो अन्तिम लिग खेल जितेमा महेन्द्रनगर बाहिनेछ। अन्य खेलको नतिजा आफूअनुकल आएमा भने महेन्द्रनगर प्लेअफमा पुग्नेछ।
अब लिग अन्तर्गत सोमवार धनगढी र रुपन्देही तथा विराटनगर र अत्तरियाबीच खेल हुनेछ भने मंगलवार काठमाडौँ र अन्तरियाबीच
३३ रनमै अलआउट
काठमाडौँले दिएको १३४ रनको लक्ष्य पछ्याएको रुपन्देही १५.१ ओभरमा ३३ रनमै अलआउट भयो।
रुपन्देहीका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा स्कोर गर्न सकेनन्। सुमित महर्जनले बनाएको ५ रन नै व्यक्तिगत उच्च स्कोर रह्यो। डीपीएलको इतिहासमै रुपन्देहीले बनाएको यो सर्वाधिक कम स्कोर हो।
रुपन्देहीलाई अलआउट गर्न काठमाडौँका बलरहरुले शानदार प्रदर्शन गरे।
नन्दन यादवले ३.१ ओभरमा ५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। ललित राजवंशी र सूर्य तामाङले २-२ विकेट लिए। सूर्यले ३ ओभरमा ६ रन खर्चे भने ललित राजवंशीले २ ओभरमा ४ रन खर्चे। अंकित दबासले ४ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर १ विकेट लिए।
योगेन्द्र कार्कीले १ ओभरमा ४ रन खर्चेर १ विकेट लिए भने रसिद खानले २ ओभरमा ४ रन खर्चे। रसिदले विकेट लिन सकेनन्।
त्यसअघि फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले ७ विकेट गुमाएर १३३ रन बनाएको थियव। काठमाडौँका लागि भारतीय खेलाडी अंकित दबासले सर्वाधिक ४३ रन बनाए।
यस्तै अनिल शाहले २३, योगेन्द्र सिंह कार्कीले १३, कप्तान ज्ञानेन्द्र मल्लले १२ रन बनाउँदा रसिद खानले ५ बल खेल्दै २ चौकमा र १ छक्काको मद्दतमा नटकआउट १४ रन बनाए।
रुपन्देहीका युवा बलर अनिल ख्लले ४ ओभरमा १ ओभर मेडन राख्दै १९ रन खर्चेर २ विकेट लिए। यस्तै विक्रम सोब र पुनित महराले पनि २-२ विकेट लिए।
