सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

गोविन्द केसीले २४ औं दिनमा अनशन तोडे

काठमाडाैं- डा. गोविन्द केसीले १६औँ अनसन २४औँ दिनमा तोडेका छन् । उनले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पत्रकार सम्मेलन गरी अनसन तोडेका हुन् । उनले पूर्वप्रधानन्यायाधीश शुशीला कार्की र टिचिङ अस्पतालकी कर्मचारी अमरित पुजारीको हातबाट जुस खाएर अनसन तोडेका हुन् । अनसन तोड्दै केसीले नागरिक समाजका अगुवाको रोहबरमा १६औँ अनसन तोडे बाँकी कार्यभार फरक लडाइँबाट लड्ने बताए ।

संघीय संसदबाट बिहीबार चिकित्सा शिक्षा विधेयक पारित भइ ऐन बनेको थियो । सो विधेयकले आफ्ना माग पुरा गर्न नसकेको ठहर गर्दै डा. केसी अनसन बसेका थिए ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय