काठमाडाैं-घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । पाठकविरुद्ध महाअभियोग लगाउने तयारी भएपछि पाठकले त्यसवाट बच्नका लागि राजीनामा दिएको बुझिएको छ ।
७८ लाख घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । राष्ट्रपति कार्यलयमा गएर ‘राजीनामा बुझाए भन्ने खबर’ आएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए ।
पाठकमाथि भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको आरोप लागेको थियो । सत्तारुढ नेकपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध महाअभियोग लगाउने तयारी समेत गरेको थियो ।पाठकले घुस लिएको स्विकारेको भिडियोसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र आयोगका प्रमुख आयुक्त नवीन घिमिरेसमक्ष उजुरी परेपछि महाअभियोगको तयारी भएको थियो ।