एजेन्सी – योशीताका साकुरादा जापानका ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री हुन्।विपक्षी सांसदहरूले उनको ढिलाईले उनको कार्यालयप्रतिको अपमान दर्शाएको भन्दै बजेट समितिको बैठक नै विरोधस्वरूप पाँच घण्टासम्म बहिष्कार गरिदिए l जापानमा बैठकहरूमा केही ढिलो पुग्नुलाई भयङ्कर गल्ती नै त मानिँदैन तर यो पछिल्लो घटना भने चर्चित बन्यो।बारम्बार गल्तीहरू दोहोर्याइरहेको भन्दै विपक्षी सांसदहरूले यो विषयलाई चर्को गरि उठाए।
के साकुरादा मन्त्री बनिरहन योग्य छन् भनी गरिएको एक मत सर्वेक्षणमा सहभागीमध्ये ६५ प्रतिशतले छैनन् भने। आसाही सिम्बुन पत्रिकाले यो साता निकालेको आँकडामा केवल १३ प्रतिशतले उनी योग्य छन् भनेको देखायो।
साकुरादालाई वर्तमान पदमा गत वर्ष अक्टोबरमा नियुक्त गरिएको हो।उनको जिम्मेवारीमा सन् २०२० मा हुने ओलिम्पिक्स प्रतियोगिताको साइबर सुरक्षाको निगरानी गर्नु पनि पर्छ।बिबिसी नेपाली बाट