सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

टि-२० वरियतामा पारस र सोमपालको फड्को , वसन्तको पनि सुधार

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले टी–२० को अलराउण्डरमा ४० औं स्थानमा समावेश भएका छन् ।

आईसीसीले आज सार्वजनिक गरेको वरीयतामा पारस ७६ रेटिङका साथ  ४०औँ स्थानमा पुगेका हुन् ।  यूएईविरुद्धको सिरिज जितेपछि पारसको रेटिङ प्वाइन्ट बढेको हो ।

कप्तान पारस खड्का आफ्नो करियरकै उच्च रेटिङमा रहेका छन् । यसअघि पारस अलराउण्डर तर्फ ४३ र ब्याट्सम्यान तर्फ ९३ औँ  स्थानमा थिए । यस्तै उनी ब्याट्सम्यानतर्फ ३०५ अंकका साथ ९० औँ स्थानमा रहेका छन् ।

यस्तै नेपाली बलर सोमपाल कामी टी–२० तर्फ अलराउण्डमा ५१ औँ स्थानमा छन् । यसअघि उनी ६४औं स्थानमा थिए । टी–२० बलरको वरीयतामा सोमपाल ७० तथा बसन्त रेग्मी ७१औं स्थानमा छन् ।

बलिङतर्फ यसअघि सोमपाल ९४औं स्थानमा थिए । सन्दीप लामिछाने बलिङतर्फ ३६ स्थान सुधार गर्दै १५९ औं स्थानमा रहेका छन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय