सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

डीपीएल : काठमाण्डौ गोल्डेन्सलाई ७ विकेटले हराउँदै सीवाईसी अत्तरिया शीर्ष स्थानमा

काठमाडौं गोल्डेन्सको अपराजित यात्रामा पूर्णविराम लगाउँदै सिवाइसी अत्तरिया धनगढी प्रिमिएर लिग क्रिकेटको शिर्ष स्थानमा उक्लिएको छ । लिग चरणको अन्तिम खेलमा सिवाइसीले काठमाडांैलाई ७ विकेटले पराजित गरेको हो । ८ अंकसहित शिर्ष स्थानमा उक्लिएको अत्तरिया र ७ अंक रहेको काठमाडौंबीच फाइनल प्रवेशका लागि बुधबार प्रतिस्पर्धा हुनेछ ।
फाप्ला क्रिकेट मैदानमा ७६ रनको लक्ष्य सिवाइसीले १७ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । अत्तरियाको जितमा जयकिसन कोल्सावालाले ५ चौकाको मद्दतमा ३३ रन बनाए । कप्तान दिपेन्द्रसिंह ऐरीले ११ बलमा ३ चौकाको मद्दतमा अविजित २० रन बनाए । प्रेम तामाङले १०, सन्दीप जोराले अविजित ७ तथा सुबेन्दु पाण्डेले ५ रन बनाए ।
यसअघि पहिला ब्याटिङ गरेको काठमाडौं गोल्डेन्स निर्धारित २० ओभरमा ७५ रनमा अलआउट भएको थियो । दिपेन्द्रसिंह ऐरीको कसिलो बलिङसामु काठमाडौंका ७ ब्याटसम्यानले दोहोरो रन बनाउन सकेनन् । काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले  ३२ रन बनाएका थिए । विदेशी खेलाडी अंकित डाबसले १० रन जोड्दा योगेन्द्रसिंह कार्की १३ रनमा पेभेलियन फर्किए । गौरव तमोर १ रनमा सन्नी पटेलको बलमा एलबिडब्लु धरापमा परेपछि काठमाडौंको इनिङस धरापमा परेको थियो । अनिल शाह ५ रनमा भुवन कार्कीको बलमा जयकिसन कोल्सावालामार्फत् क्याच भए ।
मेहबुब आलम खाता नै नखोली कप्तान दिपेन्द्रसिंह ऐरीको बलमा क्याच भए । सोनु तामाङले १, रासिद खानले ३, नन्दन यादवले १ तथा सूर्य तामाङले २ रन बनाए । काठमाडौंका खेलाडीलाई सस्तैमा समेट्न सिवाइसीका कप्तान दिपेन्द्रले ३ विकेट लिए । रामनरेश गिरीले २ विकेट लिँदा भुवन कार्की र सन्नी पटेलले एक एक विकेट लिएका थिए ।
पाँच खेलबाट ८ अंकसहित सिवाइसी अत्तरिया क्वालिफायर्समा प्रवेश गर्दा काठमाडौं पराजित भएपनि क्वालिफायर्समा पुगेको छ । फाइनल प्रवेशका लागि भोलि बुधबार सिवाइसी र काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ ।
५ खेलबाट ६ अंक जोड्दै तेस्रो स्थानमा रहेको रुपन्देही च्यालेन्जर्स र समान खेलबाट ४ अंक जोडेको महेन्द्रनगर युनाइटेडबीच बिहीबार एलिमिनेटर हुनेछ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय