सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

दोस्रो टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालद्वारा युएई पराजित

काठमाडौं – दोस्रो टी–२० अन्तर्राष्ट्रिय सिरिजमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले ३ खेलको सिरिजमा एक–एक को बराबरी गरेको छ। युएईमा जारी खेलमा घरेलु टोलीले दिएको रनको १०८ लक्ष्य नेपालले ओभरमा विकेट गुमाउँदै पुरा गर्दै शृंखलामा बराबरी गरेको हो।

नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४७ रनको योगदान दिए। उनले ४१ बलको सामना गर्दै ४ चौंका र १ छक्का प्रहार गरे। ४६ रनमा ५ विकेट गुमाएको नेपालको इनिङ दिपेन्द्र र पवनले सम्हालेका थिए। पवन १९.१ ओभरमा १८ रन जोड्दै क्याच आउट भए। उनले २५ बलमा २ चौंका प्रहार गरे। नेपालको जितमा करण केसीले २० रनको योगदान दिए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका करणले २३ बलमा २ चौंका र १ छक्का प्रहार गरे।

त्यस्तै ओपनर प्रदिप ऐरीले ८, ज्ञानेन्द्र मल्लले ७ र सन्दीप जोरा १ रनमा पवेलियन फर्किएको खेलमा अर्का ओपनर कप्तान पारस खड्का ० रनमा आउट भए। पवन आउट भएपछि क्रिजमा आएका सोमपाल कामी ० रनमा अविजित रहे।

त्यस्तै शाइमन अनवरले १४ र मोहम्मद बुताले ११ रन बनाएपनि अन्य ७ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। युएईलाई सस्तैमा समेटन नेपालका अबिनाश बोहोराले ३ विकेट लिए। बोहोराले ४ ओभर बलिङ गर्दै २० रन खर्चिएका थिए। त्यस्तै सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिए।

बिहीबार भएको पहिलो खेलमा पराजित भएको नेपाललाई सिरिज जित्ने सम्भावना कायमै राख्न आजको खेलमा जित्नैपर्ने दबाब थियो। यो जितसँगै नेपालले शृंखला जित्ने सम्भावना कायमै राखेको छ। यसअघि भएको ३ एकदिवसीय खेलको शृंखला नेपालले २–१ ले आफ्नो पक्षमा पारेको थियो।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय