काठमाडौं – प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार संयोजकमा ५२१ जना छनोट भएका छन्। सरकारले ७५३ जनाको लागि आवेदन खुलाएकोमा दुई हजार २६५ जना प्रारम्भिक सूचीमा परेका थिए। तर, एक हजार ८६८ जना कम्प्युटर सीप प्रशिक्षणमा भाग लिएकोमा ५० पूर्णाङकमा कम्तीमा २५ अंक प्राप्त गरि ५२१ जना मात्रै छनोट गरिएको छ। छनोट भएकाहरुले सातदिन भित्र करार सम्झौता गरि तोकिएको स्थानीय तहमा जानु पर्नेछ। बाकी पदमा भने अर्को निर्णय लिइने श्रम मन्त्रालयले जनाएको छ।