सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

नासाले बनायो पानीभित्र खोज गर्ने ड्रोन

एजेन्सी-अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र वूड्स होल ओसनोग्राफिक इन्स्टिट्युसनले पानीभित्र खोजी गर्ने ड्रोन बनाएका छन् । त्यसको पहिलो परीक्षण सफल भएको छ ।समुद्रको गहिराइमा लुकेको रहस्योद्घाटन गर्न यसको प्रयोग गरिन्छ । ड्रोन पुगेको गहिराइसम्म कोही पनि पुग्न सकेको छैन

वैज्ञानिकहरूका अनुसार, ड्रोन समुद्रमुनि ६ देखि ११ हजार मिटर गहिराइसम्म पुग्छ । त्यसलाई हेडल जोन भनिन्छ । महासागरहरूको ४५ प्रतिशत भाग यही जोनमा पर्छ । त्यहाँ रहेका अनेकौं कुरा अहिले पनि रहस्यकै रूपमा रहेका छन् ।

अनुसन्धान ड्रोनको डिजाइनमा १२ लाख डलर खर्च गरिएको छ । यसको नाम ग्रीसेली देवता ओर्फीयसको नाममा राखिएको छ । ओर्फीयसले समुद्रको भित्री संसारमा पुगेर राजा हेडीसलाई ल्याएको ग्रीसेली मिथक पाइन्छ । ड्रोन

ओर्फीयसले समुद्रको तल पुगेर अहिलेसम्म नदेखिएको फोटो लिएर आउँछ ।

ओर्फीयस बनाउने नासाका रोबोट इन्जिनीयर जोन लीश्टीले ड्रोनलाई निकै दुर्गम ठाउँमा पठाउन लागिएको बताए । तर त्यहाँ जीव वा वनस्पति के छ भन्ने कुरा कसैलाई थाहा छैन ।

गहिरो समुद्रमा खोजका लागि रोबोटिक साधनलाई पठाउन सहज छैन । सन् २०१४ मा वूड्स होल ओसनोग्राफिक इन्स्टिट्युसनले रिमोटबाट चल्ने एक मशिन समुद्रभित्र पठाएको थियो तर त्यो १० किलोमिटर भित्र पुगेपछि ६ हप्तामा नै बिग्रिएको थियो ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय