सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

नेपाली क्रिकेट टोलीलाई भव्य स्वागत

काठमाडाैं- युएईविरुद्ध एकदिवसीय र टी-२० सिरिज जितेको नेपाली क्रिकेट टोली स्वदेश आइपुगेकाे छ । टोली साेमबार  त्रिभुवन विमानस्थल आइपुगेको हो । टोलीलाई स्वागत गर्न नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, राखेपका सदस्य सचिव केशवकुमार बिष्ट लगायत खेलकुद पदाधिकारीसहात हजाराैँ खेलप्रेमीहरु विमानस्थल पुगेका थिए ।

नेपालले तीन खेलका दुवै शृंखला समान २–१ ले जितेको थियो। गत वर्ष एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपाली क्रिकेटले एकदिवशीय र टीट्वेन्टी दुवैमा पहिलो पटक शृंखला जितेको हो। युएइको यस भरमणमा नेपाली टोलीले अन्‍य केही ऐतिहासिक सफलता र खेलाडिले दुई वटा विश्‍व कीर्तिमान बनाएका थिए।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय