एजेन्सी- पाकिस्तानले भारतबाट आफूविरुद्ध सैन्य कारबाही भए प्रतिकार गर्ने चेतावनी दिएको छ।गत हप्ता भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण हुँदा ४६ सुरक्षाकर्मीको मृत्यु भएपछि भारतले पाकिस्तानलाई सो घटना गराएको आरोप लगाउँदै कारबाही गर्ने धम्की दिँदै आएको छ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले टेलिभिजन सम्बोधनमार्फत् भारतलाई कश्मीर आक्रमणमा संलग्न भएको प्रमाण दिन चुनौती दिएका छन्।पाकिस्तानी भूमिबाट सञ्चालित लडाकु सङ्गठन जैश-ए-मोहम्मदले सो घटना आफूले गराएको दाबी गरेको छ।