सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

पाकिस्तान विरुद्ध भारत आक्रामक बन्दै :पाकिस्तानबाट आयात हुने सामानमा २०० प्रतिशत कर लगायो

एजेन्सी- भारतले पाकिस्तानबाट आयत हुने सामग्रीमा लाग्दै आएको आयत शूल्क २०० प्रतिशत बनाएको छ।भारत प्रशासित जम्मू–कश्मीरको पलुवामा जिल्लामा भएको चरमपन्थी आक्रमणमा सिआरपिएफका ४६ जवानको निधन भएपछि भारत र पाकिस्तानका सम्बन्धमा थप दरार आएको छ ।

भारतले आक्रमणमा पाकिस्तानको सीधा संलग्नता रहेको आरोप लगाएको छ । पाकिस्तानले इस्लामावाद स्थित भारतीय कुटनीतिज्ञलाई बोलाएर भारतले लगाएको आरोप निराधार रहेको भन्दै विरोध पत्र थमाएको छ ।

घटना लगत्तै पाकिस्तानलाई मोस्ट फेवर्ड नेशन्सको दर्जाबाट हटाएको भारतले शनिबार पाकिस्तानबाट आयत हुने सामानमा लाग्दै आएको कर तत्काल लागु हुने गरी २०० प्रतिशतले बनाउने निर्णय गरेको हो ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय