सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

बागलुङ सम्पर्क समिति दक्षिण कोरियाको आठौ अधिबेसन सम्पन्न परिबर्तित नाम बागलुङ समाज दक्षिण कोरिया

सौल दक्षिण कोरिया

बागलुङ सम्पर्क समिति दक्षिण  कोरियाको आठौ अधिबेसन सम्पन्न भएको छ । फेब्रुअरी ५ तारिखको दिन राजधानि सौल जोङागकमा सम्पन्न अधिवेशनमा कोरियामा रहने बाग्लुङे हरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहका सस्थाका संरक्षक तथा एनआरएनए कोरिया बरिस्ठ उपाध्यक्ष  बिपिन गुरुङको प्रमुख अथिति रहनु भएको थियो ।  बन्द शत्र चरणमा सम्पर्क समितिका  सचिब टेक  पुन द्वारा प्रस्तुत प्रगति प्रतिबेदन तथा कोसाध्यक्ष दिपक पौडेल द्वारा  प्रस्तुत आर्थिक प्रतिबेदन  उपस्थित सबै साधारण सदस्यहरुबाट अनुमोदित भएको थियो।सह सचिब राजु नेपालीले प्रस्तुत गर्नु भएको बिधान संसोधन अन्तरगत सस्थाको हालको नाम परिबर्तन गरी बागलुङ समाज दक्षिण कोरिया कायम गर्ने निर्णय गरिएको थियो ।  अधिबेसनको बन्द शत्र चरण बाट बिपिन गुरुङ को संयोजकत्वमा नबिन कालामगर यम श्रीस  छानु चन्द दिपक पुन को अध्यक्ष मन्डलले  सर्बसम्मत रुपमा राम प्रसाद् शर्मा शर्माको  अध्यक्षतामा १० सदस्यीय कार्यसमितिको चयन गरिएको छ ।
अध्यक्ष- राम प्रसाद शर्मा
बरिस्ठ उपाध्याक्ष – जगेन्द्र थापामगर
उपाध्याक्ष – ज्ञानु श्रीस
उपाध्याक्ष – महेश पौडेल
सचिब – प्रेम सागर पौडेल
सह सचिब – सोभाकर आचार्य
कोसाध्यक्ष – केदार गौतम
सह कोसाध्यक्ष – भुमिराज भुसाल
सदस्य- दिल बलामी
सदस्य- झक घर्ति

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय