सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

बिग ब्यास लिग : सन्दीपको टिम मेलबर्न स्टार्स फाइनलमा

नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्स बिग ब्यास लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।बिहीबार साँझ सम्पन्न सेमिफाइनलमा मेलबर्न स्टार्सले होबर्ट हुरिकेन्सलाई ६ विकेटले हरायो। लिग चरणमा हुरिकेन्स पहिलो र मेलबर्न चौथो भएको थियो।

१५४ रनको मध्यम स्कोर पछ्याउँदै ब्याटिङ गरेको मेलबर्न स्टार्सले १८.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । मेलबर्नको जितका लागि कप्तान ग्लेन म्याक्श्वेलले अविजित ४३ र सेब गोट्चले ३३ रन बनाए । मेलबर्नका लागि पिटर ह्यान्डस्कोम्बले ३५, मार्कुस स्टोइनिस र निक मेडिन्सनले समान १८–१८ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हुरिकेन्सले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १५३ रन बनाएको थियो । हुरिकेन्सका लागि बेन म्याकडर्मोटले ५३ र जर्ज बेलीले ३७ रन बनाए ।

बलिङतर्फ भने ड्यानियल वोरलले चार विकेट लिए । नेपालका सन्दीप लामिछानेले भने विकेट लिन सकेनन् । उनले चार ओभर बलिङ गर्दै ३१ रन खर्चिए पनि विकेट लिन सकेनन् ।बिग ब्यास लिगको उपाधिका लागि मेलबर्नले मेलबर्न रिनेगेडस र सिड्नी सिक्सर्ससँगको विजेतासँग खेल्नेछ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय