सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

बेरोजगारलाई भत्तासहित प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइँदै

सामाजिक सुरक्षाअन्तर्गत् पेन्सनसहितको सामाजिक सुरक्षा कोष लागू गरेको सरकारले बेरोजगारलाई भत्तासहित प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउँदैछ ।

आगामी फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले यस कार्यक्रमको शुभारम्भ गर्दैछन् ।यसका लागि तथ्यांक भने चैत १ गते संकलन गरिने जनाइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको चरणमा आएको जनाएको हो ।श्रममन्त्री गोकर्ण विष्टले मुलुकको समृद्धिका लागि गरिबीको रेखामुनि भएका नागरिकको जीवनस्तर उठाउन अपरिहार्य हुने र यसका लागि कार्यक्रम कोसेढुंगा सावित हुने दाबी गरे ।

संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्रको सपना साकार पार्न कार्यक्रमले सघाउ पुर्‍याउने उनको दाबी छ ।सरकारले रोजगारीलाई नै प्रमुख प्राथमिकतामा राख्दै रोजगारी दिनै नसकिएकाका लागिमात्र निर्वाह भत्ता प्रदान गर्न लागेको मन्त्री विष्टले प्रस्ट्याए ।

७५३ ओटै स्थानीय तहमा रोजगार प्रतिनिधि छनोट प्रक्रिया चलिरहेको मन्त्रालयले जनाएको छ ।फागुनभित्र रोजगार प्रतिनिधि छनोट गर्ने एवं अन्य प्रक्रिया पूरा गरी चैत १ देखि बेरोजगारको तथ्यांक संकलन गरिने भएको छ । तथ्यांक संकलनपछि सरकारी आयोजना वा अन्यमा रोजगारीका लागि पहल गरिने र रोजगारी दिनै नसकिएमा बेरोजगार भत्ता दिने सरकारको तयारी छ ।

सरकारले बजेटमा यस कार्यक्रमका लागि तीन अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय