सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

भ्रष्टाचारको जालो सबै क्षेत्रमा

काठमाडाैं- भ्रष्टाचारको अर्थ भ्रष्ट (गलत) आचार भन्ने हो । सार्वजनिक प्रशासन तथा सेवा र अन्य जुनसुकै पनि काममा ऐन–नियमविपरीत चल्नुलाई भ्रष्टाचार भनिन्छ ।

पूर्णरुपमा भ्रष्टाचारमुक्त प्रशासनिक अबस्था नै सुशासन हो । सुशासन, समाज तथा राष्ट्रको उन्नतिका लागि आदर्श शव्द हो भने भ्रष्टाचार यसको विपरीत समाज तथा राष्ट्रको उन्नतिलाई धराशयी बनाउने नैतिकता भ्रष्ट कुरुप शव्द हो ।

भ्रष्टाचार नियन्त्रणको अर्थ सुशासनको प्रत्याभूति हो । जहाँ भ्रष्टाचार नियन्त्रित हुन्छ र सुशासनको पूर्ण प्रत्याभूति हुन्छ, त्यहाँ लोकतन्त्र बलियो र प्रभावकारी हुन्छ । फलस्वरुप, समाजमा शान्ति र प्रगतिको आदर्श दियो बल्छ, जसको शालिन, सौम्य प्रकाशमा देश र दुनियाँको मुहार मुस्कुराहट भएर उन्नति–सभ्यताले झाँगिएको देख्न सकिन्छ ।

लामो समयदेखि निरंकुश शासन चलाएको राजतन्त्र आज एकादेशको कथा बन्न पुगेको छ । तर, मौखिकरुपले हामीले जतिसुकै गणतान्त्रिक महात्म्य पाठ गरे पनि भ्रष्टाचारको गहन जालो उत्तिकै झाँगिएकै अबस्थामा छ ।

लोकतान्त्रिक गणतन्त्र भए पनि जनताले सुशासनको प्रत्याभूति पाइरहेका छैनन् । मुलुकबाट भ्रष्टखोर र घुसखोरहरु झन् मौलाइरहेका छन् । त्यसैले, आज पनि यहाँ व्यक्तिभन्दा कानुन बलियो हुनुको सट्टा कानुनभन्दा व्यक्ति शक्तिशाली भएका छन् ।

नेपाल विश्वमै भ्रष्टाचारयुक्त देशमध्ये पर्दछ । ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचकांकको वार्षिक प्रतिवेदनमा संसारका १ सय ८० देशमध्ये नेपाल १ सय ४३ औं स्थानमा थियो । यसबाट के स्पष्ट हुन्छ भने हाम्रो देश अन्य विकासका क्षेत्रमा जतिसुकै पछाडि भए पनि भ्रष्टाचारको क्षेत्रमा चाहिं अग्रणी हुँदै गएको छ । तथ्यांकले दखाउँछ कि, नेपालमा भ्रष्टाचार तीव्रगतिले बढिरहेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय