सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

माछाको बोसो क्यान्सरको औसधि

मासुमा हुने बोसो त्यति राम्रो मानिँदैन स्वास्थ्यका लागि र धेरैले सकेसम्म बोसो तर्काउँछन् ।सबै बोसो हानीकारक हुँदैन, बोसोमा पाइने तत्वले क्यान्सरको जोखिम कम गर्न र क्यान्सरको संक्रमण भइसकेकामा त्यसको फैलिने दर सुस्त बनाउन सहयोग पनि गर्छ ।तर यस्तो सकारात्मक प्रभाव रातो मासु अर्थात खसी, बोका वा राँगाको मासुमा पाइने बोसोले भने गर्ने होइन । माछामा पाइने बोसोले क्यान्सरको जोखिम कम गर्न तथा क्यान्सरको संक्रमण भएकाहरुमा फैलिने दर सुस्त गर्न सहयोग गर्ने देखिएको यसमा अनुसन्धान गरेकी डा. सरस्वती खड्गीले बताएकी छन् ।

ओमेगा–थ्रीको प्रमुख स्रोत माछाको बासो हो । यसले गर्दा माछाको तेल विशेष गरि स्तन क्यान्सरको जोखिम कम गर्न र क्यान्सरको बिस्तार कम गर्न उत्कृष्ट बन्ने डा. खड्गीले बताइन् ।

अहिले अमेरिकाको टेनिसेमा थप अनुसन्धानमा संलग्न डा. खड्गीले देश सञ्चारसँग भनिन्, ‘माछाको तेल ओमेगा–थ्रीको प्रमुख स्रोत हो । माछाको बासोमा यो प्रमुख मात्रामा पाइन्छ ।

अरु रातो मासुमा पाइने बासोमा ओमेगा–सिक्स हुन्छ । माछाको बोसोमा प्रमुख मात्रामा ओमेगा–थ्री हुन्छ र अरु तत्व पनि पाइन्छ ।’

विशेष गरि ट्राउट, सालमन जातका माछामा ओमेगा–थ्री बढी हुने उनले बताएकी छन् । यस्तै ओखर, सागपात, आलसमा पनि ओमेगा–थ्री पाइने उनले बताएकी छन् । यस्ता ओमेगा–थ्री पाइने कुरा नियमित सन्तुलन मिलाएर खाएमा क्यान्सरको जोखिम कम हुने उनले जानकारी दिएकी हुन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय