सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

रुपन्देही च्यालेञ्जर्सले धनगढी प्रिमियर लिगको दोस्रो खेलमा महेन्द्रनगरलाई २ रनले हरायो

1200*120

रुपन्देही च्यालेञ्जर्सले धनगढी प्रिमियर लिगको दोस्रो खेलमा महेन्द्रनगरलाई २ रनले हराएको छ । फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही २० ओभरमा एक सय ११ रनमा अलआउट भयो ।

खराव सुरुवात गरेको रुपन्देहीले ५ रनमा पहिलो विकेट गुमाउँदा ५५ रनमा ५ विकेट खेर फालेको थियो । उसकालागि मात्र चार खेलाडीले दोहोरो अंक छुन सके । जसमा सुमित महर्जनले सर्वाधिक २७ रन बनाए । यस्तै विनोद भण्डारीले १९ रन बनाउदा सन्दिप सुनारले १५ र बाबर हायातले १४ रन जोडे । बाँकि खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । रुपन्देहीलाई कम स्कोरमा रोक्न सिद्धान्त लोहनीले तीन तथा सागर ढकाल र अभिनाश बोहराले दुई दुई विकेट लिए ।

जवाफमा महेन्द्रनगर २० ओभरमा आठ विकेट गुमाउँदा एक सय नौ रनमा रोकियो । सुरुवात भने राम्रो गर्न नसकेको उसले ३६ रन बनाउदा दुई विकेट गुमाउदा ६१ रन बनाउदा चार विकेट खेर फाल्यो । उसका ओपनर दिलिप नाथ आठ तथा कप्तान शरद भेषवाकर चार रनमा आउट भए । यसतै कुशल मल्ल नौ र आरिफ शेख ५ रनमा पेभेलियन फर्किए ।

त्यसको लगत्तै सुब्रमनियम आनन्दपनि ब्यक्तिगत २५ रनमा आउट भएपछि महेन्द्रनगरले ६४ रनमा ५ विकेट खेर फाल्यो । महेन्द्रनगरको ब्याटिङ रुपन्देहीको बलिङ अगाडी पुरै कमजोर बन्यो । उसले ६६ रन बनाउँदा ६ विकेट गुमायो । अन्तिममा रोहितकुमार पौडेलले टिमलाई लयमा ल्याएका थिए । तर उनी २४ रनमा पेभेलियन फर्किए । जसका कारण एक सय रन बनाउदा महेन्द्रनगरले सात विकेट गुमायो । त्यसको लगत्तै मोहम्मद नाभिदपनि १२ रनमा आउट भएपछि आठौं विकेट गुमायो ।अन्तिम ओवरमा १२ रन भयपनी लक्ष्य पुरा गर्न सकेन\

1200*120
Comments

ट्रेन्डिङ

लोकप्रिय

1200*120