काठमाडौं – संसदबाट कर्मचारी समायोजन विधेयक २०७५ बहुमतले पारित भएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले विधेयक बहुमतले पारित गरेको हो।बैठकमा सांसदहरूले विधेयकमाथि छलफलका लागि थप समय मागेका थिए भने जवाफमा संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्री लालबाबु पण्डीतले समितिबाटै छलफल भएर आएकोले थप छलफल आवश्यक नभएको बताएका थिए।