सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

सन्दीपको उत्कृष्ट प्रदर्शनको मद्दतले मेलवर्न सेमिफाइनलमा

अस्ट्रेलियाको बिगबास लिगमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने लिग चरणको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । आइतबारको खेलमा जित निकाल्दै उनको टीम मेलवर्न स्टार्सले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

मेलवर्न सिड्नी सिक्सर्समाथि ९४ रनको जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । सन्दीपले  ३.४ ओभर बलिङ गर्दा ११ रन दिएर ३ विकेट लिए । आठौं ओभरमा बलिङ गर्न आएका उनले १ रन मात्रै दिएर १ विकेट लिए । त्यसपछि १० ओभरमा ५ रन दिए । १२ औं ओभरमा पनि उनले १ रन दिएर १ विकेट लिए । १४ औं ओभरमा उनले सिड्नीको अन्तिम विकेट लिँदै जित निश्चित गरिदिए ।

जित्नै पर्ने दबाबका बीच घरेलु मैदानमा खलेको मेलवर्नले टस हारी पहिले ब्याटिङको निम्ता पाएको थियो । मेलवर्नले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो । मेलवर्नका लागि कप्तान ग्लेन म्याक्वेलले ४३ बलमा ८२ रनको विस्फोटक पारी खेले ।

१६९ को सामान्य लक्ष्य पछ्याएको सिड्नीले सुरुमा राम्रो ब्याटिङ गरे पनि तेस्रो ओभरदेखि लगातार विकेट गुमेपछि १३.४ ओभरमा ७४ अलआउट हुँदा मेलवर्नको जित निश्चित भएको हो ।

‘बिग बास लिग’का चार खेल खेली बङ्गलादेश प्रिमियर लिग बंगलादेश गएका थिए । त्यसपछि नेपाल र यूएईबीचको एकदिवसीय र टीट्वीन्टी श्रृंखला खेली सन्दीप उतैबाट बिगबास लिग खेल्न गएका हुन् । उनले शुक्रबार बिगबासको पाचौं खेल खेलेका थिए । २ ओभर बलिङ गर्दा बिना विकेट २८ रन दिएका सन्दीपले अर्काे खेलमा उत्कृष्ट कमब्याम गरेका हुन् । यो सँगै सन्दीपको बिगबासमा ६ खेल खेल्दा ११ विकेट पुगेको छ ।

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय